सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो बैठक बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ । समितिको सभापतिका लागि कांग्रेस सांसद रामहरि खतिवडाले बिहीबार उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *