सरकारले आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्योः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक संजाल प्लेटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु आपत्तिजनक भएको बताएका छन् ।

सामाजिक संजालमार्फत भट्टराईले आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सामाजिक संजाल प्लेटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो । अहिलेको विश्वव्यापीकरण, अत्याधुनिक सूचना संचार र उन्नत लोकतन्त्रको युगमा अन्य उपयुक्त नियमनकारी कदम सट्टा यस्ता लहडी कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता , सूचनाको हकलाई कुन्ठित मात्र गर्छ। आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *