काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू(फोटोफिचर)

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि सुरू हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *