चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर र टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुई पोस्टर र टिजर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले स्थान पाएका छन् । अन्य कलाकार पनि फिचर्ड छन् । एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । टिनरमा दयाहाङ र विजयबीचको नोकझोक छ । सुरेन्द्र पौडेलको निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ । दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ । चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन छ । पटकथा महेश दवाडीले लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *