नवनियुक्त आइजिपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी  चिह्न प्रदान गरिएको छ । बिहीबार गृह सचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी  चिह्न लगाइदिएका हुन् ।

भदौ १३ मा बसेको मन्त्रिपरिषद बैठकले उनलाई ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो । खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए ।

प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि पुरा गरेर उनी आगामी कार्तिक २६ मा अवकाशमा जान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *