बेइजिङ । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा बुधबार विशाल सैन्य परेड आयोजना गरिएको छ ।
चीनको पैचिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।
समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन र सेनाको अवलोकन निरीक्षण गरेका थिए ।
समारोहमा विश्वका २६ देशका सरकार तथा राष्ट्र प्रमुखको सहभागिता रहेको बताइएको छ ।
राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणा स्वीकार गर्दै जापानविरुद्ध चीनको विजय भएको दिनमा आयोजित यो विशेष समारोहमा नेपालबाट दोस्रो पटक प्रधानमन्त्री स्तरको सहभागिता भएको छ । ७० वर्षअघि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले यो अवसर पाएका थिए ।
Photo: Xinhua, AP