काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको मोडल अपनाउने भएको छ ।
राप्रपाले मंगलबार विज्ञप्ति जारी गरी नवीन राप्रपा कार्ययोजनाको मोडल अनुसार आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत प्रजातान्त्रिक पद्धतिबाट उमेदवार छनौट गरिने जनाएको हो । संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीको क्षेत्र नं ३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका सन्दर्भमा राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको हो ।
आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उमेदवार छनौट गर्न रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिश भइआएका आकांक्षी उम्मेदवारहरु मध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनौट गर्ने बैठकले निर्णय गरेको छ । रास्वपाले पनि यसैगरी उम्मेदवार छनौट गरेको थियो ।