सिरहा । सिरहाको लहान नगरपालिका १ मटियर्वामा आमा छोरा मृत फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा घर भाडा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीय श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी मंगलबार घरभित्रै मृत भेटिएका हुन् ।
अर्का ९ महिनाको छोरा भने गम्भीर अवस्थामा फेला परेका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रञ्जिताले दुवै छोरालाई विष खुवाएर आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी कैलाश राईले जानकारी दिएका छन् ।