काठमाडौं । अध्यागमन विभागले असोज १ गतेदेखि विदेशी नागरिक अभिलेख (दर्ता) तथा अनुगमन प्रणाली लागु गर्ने भएको छ ।
विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो । विभागले भनेको छ, ‘नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको विकास गरेको छ ।’
यस प्रणालीको कार्यान्वयनमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधीसम्बन्धी व्यवस्थित अभिलेख राख्ने र आपतकालीन अवस्थामा खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ ।
सूचनामा भनिएको छ, ‘यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरूबीच सूचना आदानप्रदानको प्रक्रियालाई प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने एवं नेपाली नागरिकको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्ने कार्य अध्यागमन विभागको हो ।
अध्यागमन नियमन, यात्रुको स्वतन्त्र र सुरक्षित आवागमन एवं पर्यटन प्रवद्र्धनबीच संयोजन कायम गरी राष्ट्रिय सुरक्षा र सुशासन प्रवद्र्ध गर्ने कार्य भइरहेको विभागले जनाएको छ ।