विद्यालय भवन निर्माणमा अनियमितता गरेको भन्दै खोटाङका तत्कालीन तीन जिशिअसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालिन तीनजना जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपालसहित १३ जनाविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका –४ स्थित श्री लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो ।

चार कोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र विद्यालयले व्यहोर्ने जनश्रमदान २५ प्रतिशत समेत गरी ३० लाख लागत इष्टिमेट तयार गरी भवन बनाउन २०७१ साल चैत २२ मा सहमति भएपनि शर्तविपरीत भवन निर्माणको काम नगरी नै पटक–पटक २४ लाख लिएकाले उनीहरूविरूद्ध मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *