अत्तरिया । कैलालीको गोदावरी नगरपालिका‑९ स्थित खुटिया खोलामा नुहाउन गएका ७ जना मध्ये ४ किशोरको डुबेर मृत्यु भएको छ ।
झोलुङ्गे पुल नजिकै नदीमा पौडी खेल्ने क्रममा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी नदीमा बगेर बेपत्ता भएका थिए ।
उनीहरुको अहिले शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए । उनीहरु सबै धनगढीका हुन् ।