काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से ३८ दशमलव १० अङ्कले घटेर २ हजार ७ सय ८१ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर सबैभन्दा धेरै २ दशमलव ३८ प्रतिशतले ओरालो लागेको छ ।
आज ओरिन्टल होटल्स कम्पनीको शेयर ४ दशमलव ७१ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन विकाश हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज ३ सय २२ वटा कम्पनीको १ करोड ७८ लाख कित्ता शेयर ८ अर्ब ९ करोड रुपैयाँमा किनबेच भएको छ ।