काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले भदौ १८ गतेसम्म आफूहरुको माग पूरा नभए विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबार माग पूरा नभए भदौ १८ देखि विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।
उनीहरुले गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्नेलगायतका पाँच बुँदै माग राखेर आन्दोलन गर्दै आएका छन् ।