अर्थमन्त्री र चीनको भन्सार प्रशासनका उपमन्त्रीबीच दुई देशबीच विगतका सहमतिको कार्यान्वयनबारे छलफल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेट भएको छ । बिहीबार अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *