डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको जानकारी दिए ।

अहिलेसम्म चार जनाको शव फेला परेको जानकारी दिँदै उनले जिप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेकाले स्थिति यकिन नभएको बताए । दुर्घटनामा कम्तीमा पनि ७ जना घाइते अवस्थामा रहेका बताइएको छ । दुर्घटनामा परेर घाइते भएकाहरुको उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *