वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् ।
उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकोमा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएको उनले जानकारी दिए । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।
बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकोमा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा भिब्रिओ कोलेरा’ भेटिएको छ ।