ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको पूजा

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् । आज महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । ऋषिपञ्चमीका अवसरमा काठमाडौँको गौरीघाट, टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा ऋषिपञ्चमी मेला भर्न आएका महिला भक्तजनहरुले ऋषेश्वरको दर्शन तथा पूजा आराधना गरेका छन् ।

तस्बिर : हरिराम भेटुवाल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *