अमेरिकाको एक विद्यालयमा भएको गोली काण्डमा तीनको मृत्यु

बीबीसी । अमेरिकाको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ भन्दाबढी घाइते भएका छन् । मिनेसोटाको मिनियापोलिसको दक्षिणी क्षेत्रमा अवस्थित एक विद्यालयमा घटना भएको हो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले दिएको जानकारी अनुसार एननसिएशनको क्याथोलिक विद्यायमा गोली चलेको हो । किन्डरगार्टनका विद्यार्थीहरुले प्रार्थना गरिरहेका बेला गोली चलेको थियो ।

सुरक्षा अधिकारीहरुका अनुसार सेमी अटोमेटिक हतियार बोकेर आएका व्यक्तिले गोली चलाएका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् ।

मिनियापोलिसमा २४ घण्टाभन्दा कम समयमा यो चौथो गोलीकाण्ड हो । मंगलबार दिउँसोदेखि मिनियापोलिसमा तीन अन्य छुट्टाछुट्टै स्थानमा गोलीकाण्ड भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *