सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । बुधबार सदरमुकाम सिमकोटस्थित काठेचुलीमा जिप दुर्घटना भएको हो । लु.प्र–०१–००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका–५ का पदम रावतको घरभित्र पसेको थियो ।
सिमकोटबाट सिमकोट तल्लो गाउँ तर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोकिन पुगेको हो । दुर्घटनामा परेको जिप रावतको घरमा पस्दा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तीलक ऐडी घाइते भएका छन् ।
घरमा ठोक्किँदा चालकको आँखा र माथिल्लो ओठमा सामान्य चोट लगोको छ । सामान्य घाइते भएका चालकको हाल जिल्ला अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । जिपले रावतको घरको माथिल्लो तलाको एक कोठा भने पूर्ण रूपमा क्षति पुगेको प्रहरी निरीक्षक जङगबहादुर सिंहले जानकारी दिए ।