रौतहट । रौतहटमा सुटकेशभित्र हत्या गरिएको अवस्थामा फेला परेकी रुवी साहको हत्या आरोपीलाई प्रहरीले आत्महत्या गर्न लागेको अवस्थामा पक्राउ गरेको छ ।
आरोपी लक्ष्मण पासवान रौतहटमै जलेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि अहिले वीरगन्ज लगिएको छ । रुवीलाई पासवानले आफ्नै कोठामा बोलाएर हत्या गरेको खुलेको छ । पासवानले आफ्नो शरीरमा आफैँ आगो लगाएको आशंका प्रहरीले गरेको छ ।