मोटरसाइल दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापतिसहित दुईको मृत्यु

चरिकोट । दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु भएको हो ।

लामोसाँघु–जिरी सडकखण्डको रमितेडाँडामा गएराति भएको दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापति २४ वर्षीय शिरिस बस्नेत र बैतेश्वर–३ का २६ वर्षीय श्यामबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्ववियू सभापति बस्नेतले चलाएको बा. ३ प ८८९९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनाका दुवैजना घाइतेलाई उपचारका लागि चरिकोट लगिएको थियो । प्रहरीका अनुसार चरिकोटको च्छोरोल्पा अस्पताललले मृत घोषणा गरेको हो । सामान्य घाइते भएका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *