विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन

काठमाडौँ । नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ । बारले वरिष्ठ अधिवक्ता एवम् न्याय परिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिको सदस्यमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन्।

महासचिव कोइरालाले एकआपसमा बाझिएका, विधिशास्त्रीय मान्यतासँग असंगति रहेका फैसला अध्ययन गरी समितिले सर्वोच्च अदालतलाई समेत सुझाव दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *