म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी । तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु भएको छ । एक लाख पुरस्कार राशिको प्रतियोगिता मंगलबारदेखि म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सुरु भएको हो ।

द मुनसन युवा क्लबले आयोजना गरेको पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘नाइन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ पौद्ध र महिला फुटबल खेलमा प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेलमा भएको महिला फुटसल प्रतियोगितामा आयोजकलाई शून्यका विरुद्ध एक गोल गर्दै सुर्केमेला युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ ।

छ समूह सहभागी महिला फुटसलमा विजेतालाई २२ हजार २२२ र उपविजेतालाई ११ हजार १११ पुरस्कारको व्यवस्था गरिएको छ ।

१३ समूह सहभागी खुल्ला पुरुष फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद एक लाख र ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिए ।

अनुशाषित टोलीलाई १० हजार, उत्कृष्ट खेलाडी, किप्पर, डिफेन्डर, सुटर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई दुई÷दुई हजारका दरले पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको बेनी नगरपालिका–६ का वडाअध्यक्ष कृष्णसिंह बानियाँले उद्घाटन गरे । उनले चुत्रेनीको खेलमैदानलाई व्यवस्थित बनाउन चार करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्रोतको खोजी गरिरहेको र हालसम्म करिब ४० लाख लगानी गरेर पूर्वाधार बनाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *