फिल्म ‘चिठ्ठी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘चिठ्ठी’ को ट्रेलर सार्वजनिक भएको छ । हरर, कमेडी र थ्रिलरको समीश्रणले ट्रेलर रोचक बनेको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार खड्ग बहादुर पुन (खबपु) लगायतलाई देख्न सकिन्छ।

यो फिल्म माधवराज खरेलको लेखन तथा निर्देशनमा बनेको हो । फिल्ममा खबपुसहित संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान तामाङ, कञ्चन चालिसेलगायतको अभिनय रहेको छ । फिल्म भदौ २० गतेदेखि प्रदर्शन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *