रौतहट । रौतहटमा शनिबार राति फेला परेको शंकास्पद सुटकेसभित्र महिलाको शव फेला परेको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो ।
प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सुटकेसभित्र महिलाको शव भेटिएको हो । महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरी नायव उपरीक्षक राजु कार्कीले महिलाकोमा गम्भीर चोट देखिएको जानकारी दिए । सुटकेसमा केही कागजात र महिलाको सुरुवालको खल्तीमा केही नगदसमेत भेटिएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।