अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा

काठमाडौं । अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले साहको कप्तानीमा टिम घोषणा गरेको हो ।

नेपाल ‘ए’ टिमले भारतको असाम प्रान्तको टिमविरुद्ध गुहाटीमा ५ टी–२० सिरिज खेल्ने भएको छ । टिममा साहसँगै आदिल आलम, सन्दीप जोरा, देव खनाल, आकाश चन्द, सागर ढकाललगायतका खेलाडी समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *