स्वास्थ्यमा समस्या आएपछि श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको अस्पताल भर्ना

कोलम्बो । विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई शनिबार सरकारी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

कोलम्बो नेसनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै शुक्रबार राति हिरासतमा पठाइएका विक्रमासिङ्घेलाई ‘डिहाइड्रेसन’ को समस्या निकै देखिएको र चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्ने देखिएकोले सघन उपचार कक्षमा भर्ना गरिएको बताए ।

विक्रमासिंघेको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् । विपक्षी दलहरूले उनी फेरि सत्तामा फर्कन सक्ने डरले सरकारले हिरासतमा लिएको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *