काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ ।
जसपाले विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने आरोप लगाएको हो । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढेपछि जसपाको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान अन्तर्गत भाद्र ९ देखि १५ गतेसम्म देशभरका विभिन्न शहरहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।