बल्छी धुर्बेको ‘गोबर गणेश’ को शुभमुहूर्त

काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा मंगलबार शुभमुहूर्त गर्दै फिल्मको सुटिङ सुरू गरिएको हो ।

शुभमुहूर्तमा निर्देशक श्रेष्ठसहित फिल्ममा अधिकांश कलाकारको उपस्थिति रहेको थियो । केदार घिमिरे(माग्ने बुढा) ले क्यामेरा पूजा गरेर नरिवल फोट्दै सट दिए। कलाकार रवि गिरीले क्लाप गरे। काठमाडौँबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ। करिब ३५ दिनको छायाँकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

उनको यो पहिलो फिचर फिल्म निर्देशन हो। ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए। उनले बनाएका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *