सर्लाहीको बागमतीका मेयर थापालाई आठ वर्ष कैद र १० करोड जरिवाना

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्वित मेयर भरत थापालाई आठ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

बिहीबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले मेयर थापासहित विमल कुमार पोखरेल र सागर पौडेललाई जनही आठ वर्ष कैद र १० करोड नौ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना तोकेको हो।

पोखरेल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् भने पौडेल नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर हुन् । गत बुधबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आंशिक ठहर तथा हानि–नोक्सानीमा कसुर कायमको फैसला गरेकोमा बिहीबार सजाय निर्धारण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *