सरकार खेलकुद क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्छः बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले खेलकुद क्षेत्रलाई विशेष ध्यान दिएर विकास गर्नुपर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बर्तौलाले नेपाली महिला फुटबल टिम विश्व फिफा वरियतामा १३औँ स्थानमा उक्लेको उदाहरण दिँदै सरकारले खेलकुद क्षेत्रमा उचित र उपयुक्त वातावरण दिएमा उत्कृष्ट योगदान दिन सक्ने बताए । उनले खेलकुद क्षेत्रलाई विशेष ध्यान दिएर विकास गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *