काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पद छाडेका छन् । केही समयअघि राजीनामा दिएका झाको पार्टी अध्यक्ष महन्थ ठाकुरले राजीनामा स्वीकृतसमेत गरिसकेका छन् ।
झाले पनि आफूले पार्टी परित्याग गरेको जानकारी दिएका छन् । उनले धेरै पहिला नै राजीनामा दिएकोमा अहिले राजीनामा स्वीकृत भएको बताए । झा पछिल्लो समय पार्टीमा निस्क्रिय थिए ।
झा २०७४ सालको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी खानेपानी मन्त्री समेत भएका थिए । २०७९ को निर्वाचनमा भने उनी पराजित भएका थिए । झाले नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका थिए। अब उनी सोही पार्टीमा जाने तयारीमा छन्।