चीन र ब्राजिलले ग्लोबल साउथका लागि ‘आत्मनिर्भरता’ मोडेल बनाउन सक्छन् :राष्ट्रपति सी

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना ब्राजिली समकक्षी लुइज इनासियो लुला दा सिल्भालाई मङ्गलबारको फोनवार्तामा दुई देशले ‘आत्मनिर्भरता’ को उदाहरण प्रस्तुत गर्न सक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क आक्रमणसँग एकदमै विपरीत, दुवै नेताले हालैका महिनाहरूमा आफ्ना देशहरूलाई बहुपक्षीय व्यापार प्रणालीका कट्टर रक्षकहरूको रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार, सीले ‘विश्वव्यापी दक्षिणका प्रमुख देशहरूबीच एकता र आत्मनिर्भरताको उदाहरण स्थापित गर्न ब्राजिलसँग मिलेर काम गर्ने’ र ‘संयुक्त रूपमा थप न्यायपूर्ण विश्व र अधिक दिगो संसार निर्माण गर्ने’ बताए ।

सिन्ह्वाका अनुसार अमेरिकी भन्सार शुल्कहरूको अस्पष्ट सन्दर्भमा उहाँले ‘सबै देशले एकजुट भएर एकपक्षीयता र संरक्षणवादको कडा विरोध गर्नुपर्ने पनि बताए ।

ब्राजिलको राष्ट्रपति कार्यालयको एक विज्ञप्तिमा लगभग एक घण्टा चलेको फोनवार्तामा लुला र सीले युक्रेनको युद्ध र जलवायु परिवर्तनसँग लड्ने लगायतका विभिन्न विषयहरूमा छलफल गरेको उल्लेख छ ।

“दुवै नेताले बहुपक्षीयताको रक्षामा जी–२० र ब्रिक्सको भूमिकामा सहमति जनाउनुभयो”, विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य, तेल र ग्यास, डिजिटल अर्थव्यवस्था र स्याटेलाइटजस्ता क्षेत्रमा सहयोगको दायरा विस्तार गर्ने प्रतिबद्धता पनि उनहरूले व्यक्त गरेका छन् ।

लुलाले गत हप्ता भारत र चीनका नेताहरूसँग अमेरिकी करहरूको समन्वित प्रतिक्रियामा विचार गर्न कुरा गर्ने योजनाको सङ्केत गरेपछि फोनवार्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *