मध्यपुर थिमि लायकू दरबारबाट प्रदर्शनी हुने ऐतिहासिक ‘लायकू भैल नाच’ सोमबार मध्य राति बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गर्दै । भैरव नाचमा दुई जना भैरव दुईजना दांयगी र एक जना ज्यापुगचा रहन्छ । नाच चार दिन चार राति मात्र प्रदर्शन गर्नेछ । लायकूबाट विधिपूर्वक पूजाआरचना गरी विभिन्न बाजा बजाएर त्तथुटोल, मरूटोल, बालकुमारी, ईनायलाछि, दिगुटोल, चपाचोलगायतका क्षेत्रमा रातभरी प्रदर्शन गरिन्छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस