सुनको मूल्य १३ सयले गिरावट

काठमाडौँ । गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा मंगलबार केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३०० ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ मा कारोबार भएको थियो ।

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० मा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *