काठमाडौं । गायिका ज्योति मगरले तीज गीत ‘लट्ठै पर्यो तन्नेरी मलाई हेरी हेरी’ ल्याएकी छन् । नेत्र अर्यालको शब्द रहेको गीतको योगेशकाजी शाहले संगीत भरेका छन् । गीतमा ज्योति आफैंले अभिनय गरेकी छन् ।
गीत ज्योति मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।