नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएसँगै नयाँ जर्सी सार्वजनिक गरिएको हो । जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो ।

टेन्डरमा विभिन्न कम्पनीहरूले आवेदन भरेका थिए । नेपाली टोली टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नुअघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो । नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी–२० सिरिज खेल्दैछ। आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *