उत्तर कोरियासँग नेपाल ११ गोलले पराजित

काठमाडौं । नेपाल एएफसी यू–२० महिला एसियन कपको छनोटमा उत्तरकोरियासँग ११ गोलले पराजित भएको छ । भुटानमा आइतबार भएको खेलमा उत्तर कोरियाले नेपाललाई ११ गोल प्रहार गर्यो भने भने नेपालले एक गोल पनि फर्काउन सकेन ।

पहिलो हाफमै नेपालले ५ गोल खान पुगेको थियो। त्यसपछि दोस्रो हाफमा उत्तर कोरियाले ६ गोल थपेको थियो । प्रतियोगितामा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरबलाई १ गोलले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *