झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको खनालको सचिवालयले जनाएको छ ।

यसअघि शनिबार खनाल र वामदेव गौतमबीच पनि भेटवार्ता भएको थियो । केही दिनअघि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नाराणकाजीबीच पनि भेटवार्ता भएको थियो ।

खनाल र श्रेष्ठले वामपन्थी एकताको वकालत गर्दै आएका छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पनि एकता हुने भन्दै बेलाबेलामा चर्चा चल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *