वसन्तपुरमा गाईजात्राको रौनक(फोटोफिचर)

काठमाडौँ । राजधानीको वसन्तपुरमा गाईजात्रा निकालिएको छ । आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न द्रव्य दान दिने चलन छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि रहेको छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व आजको दिन विशेष रौनकमा हुन्छ ।

गाईजात्राको दिन, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *