काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनकाबारेमा राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना भएको सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्किएका हुन् । भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।