युवराज र लक्ष्मीको ‘भयो डामाडोल’

काठमाडौं । युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक भएको छ । बहुविवाहलाई मान्यता दिने मस्यौदा तयार भएर बहस भइरहेको अवस्थामा सोही विषय सम्बन्धित गीतले घरकी भन्दा बाहिरकी राम्री लागेको अवस्थाको बयान गीतमा गरिएको छ ।

प्रतिमा शर्मा चपाईँको शब्द रहेको गीतमा सूर्य खड्काको संगीत र याम थापा मगरको संगीत संयोजन रहेको छ । शिवम् पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा रमाईलो नृत्य समावेश गरिएको छ ।

निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र विमल बस्नेतको नृत्य रहेको गीतको भिडियो सरोज शाही र उमेश बहादुर शाहले खिचेका हुन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा शृङ्गारको जिम्मा सरिता प्रजापतिले लिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *