रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । श्रीमान् भने घाइते भएका छन् ।
आइतबार बिहान सदरमुकाम मन्थलीबाट हटौँडा जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीहरुको ज्यान गएको हो ।
दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घाइते भएका उनका श्रीमान् उत्तम चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।