अर्मेनिया–अजरबैजान सम्झौताको रुसद्वारा स्वागत

मस्को । रुसले अर्मेनिया र अजरबैजानबीच भएको शान्ति सम्झौताको मस्यौदा ‘सकारात्मक’ रहेको र यसले आफ्नो सिमानामा रहेको ककेसस क्षेत्रको शान्तिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने, ‘अमेरिकी पक्षको मध्यस्थतामा वासिङ्टनमा दक्षिण काकेशस गणतन्त्रका नेताहरूको बैठक सकारात्मक मूल्याङ्कनको हकदार छ। हामी आशा गर्दछौं कि यो कदमले ककेसस क्षेत्रको शान्तिको बिषयलाई अगाडि बढाउन मद्दत गर्नेछ।’

–इरानद्वारा चासो व्यक्त–

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले अमेरिकी मध्यस्थतामा भएको शान्ति सम्झौताअन्तर्गत अजरबैजानलाई आफ्नो नखचिवानसँग जोड्ने इरानी सीमा नजिक कोरिडोर निर्माण हुन नदिने बताएका छन् । ‘अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि ट्रम्प मार्ग’ नाम दिइएको उक्त करिडोर इरानी सिमा सुरक्षाका लागि खतरा हुने इरानको बुझाइ छ ।

‘यो षडयन्त्रको कार्यान्वयनसँगै दक्षिण ककेशसको सुरक्षा खतरामा पर्नेछ,’ अली अकबर वेलायतीले तस्नीम समाचार संस्थासँग भने, ‘अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि ट्रम्प मार्ग“ “एक असम्भव धारणा होे र यो सम्भव हुनेछैन।’

–महत्वपूर्ण कदम–

दशकौँलामो द्वन्द्वपछि अर्मेनिया र अजरबैजानबीच अमेरिकी मध्यस्थतामा भएको शान्ति सम्झौतामा हस्ताक्षर हुनुलाई नेटोले ‘महत्वपूर्ण कदम’ को रुपमा प्रशंसा गरेको छ ।

पश्चिमी सैन्य गठबन्धनका प्रवक्ता एलिसन हार्टले भने, ‘हामी अर्मेनिया र अजरबैजानबीच शान्तितर्फको प्रगतिको स्वागत गर्दछौं र शान्तिमा गरेको लगानीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन्छौँ । यो एउटा महत्वपूर्ण कदम हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *