काठमाडौँ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको अक्सनमा आठ टोलीले ३७ खेलाडी किनेका छन् ।
अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नभएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । अक्सनमा ‘ए’ श्रेणीमा रहेका देव खनाल, अर्जुन साउद, आदील अलाम अन्सारी र पवन सरार्फ सर्वाधिक मुल्यमा अनुबन्ध भएका हुन् । उनीहरुलाई टोलीहरुले जनही रु १५ लाखमा खरिद गरेका हुन् । देव र अर्जुन चितवन राइनोज, आदिल काठमाडौं गोर्खाज र पवनले कर्णाली याक्समा अनुबन्ध भएका हुन् । चारै खेलाडीलाई एउटाभन्दा बढी टोलीले किन्न चाहेपछि ‘लक्की ड्र’ मार्फत निर्णय गरिएको थियो ।
मिनी अक्सनमा १ सय ५० खेलाडीको सहभागिता रहेको थियो । एनपीएलको अक्सनमा सहभागी हुन ४ सय ५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । बुधबार क्यानले उक्त सूचीबाट एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सुची सार्वजनिक गरेको थियो ।
खेलाडीको मुल्यपनि श्रेणी अनुसार निर्धारण गरिएको थियो । श्रेणी ‘ए’मा रहेका खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँ, श्रेणी ‘बी’ मा रहेका खेलाडीका लागि अधिकतम १० लाख रुपैयाँ र श्रेणी ‘सी’मा रहेका खेलाडीका लागि अधिकतम ५ लाख रुपैयाँ तोकिएको थियो । यससँगै आठ टोलीमा ८८ खेलाडी आबद्ध भएका छन् ।
कुन टोलीमा कुन खेलाडी अनुबन्ध ?
जनकपुर बोल्ट्स
मयान यादव – ७.७५ लाख रुपैयाँ
आदित्य महता – ५ लाख रुपैयाँ
विकाश आग्री – ५ लाख रुपैयाँ
सचिन भट्ट – २ लाख रुपैयाँ
लुम्बिनी लायान्स
दिलिप नाथ – १० लाख रुपैयाँ
शेर मल्ल – १० लाख रुपैयाँ
दुर्गेश गुप्ता – ५ लाख रुपैयाँ
विशाल पटेल – ५ लाख रुपैयाँ
आदील खान – २ लाख लाख रुपैयाँ
सुदूरपश्चिम रोयल्स
हेमन्त धामी – १० लाख रुपैयाँ
दिपाल बोहोरा – ५ लाख रुपैयाँ
मिलन बोहोरा – ५ लाख रुपैयाँ
दीपेन्द्र थापा – २ लाख रुपैयाँ
टेक बहादुर रावत – २ लाख रुपैयाँ
पोखरा एभेन्जर्स
अर्जुन कुमाल – पाँच लाख रुपैयाँ
अभिषेक तिवारी – २ लाख रुपैयाँ
कृष्ण पौडेल – २ लाख रुपैयाँ
सन्दिप केसी – २ लाख रुपैयाँ
कर्णाली याक्स
पवन सरार्फ – १५ लाख रुपैयाँ
युवराज खत्री – १० लाख रुपैयाँ
इमरान शेख – २ लाख रुपैयाँ
दिपक डुम्रे – २ लाख रुपैयाँ
काठमाडौं गोर्खाज
आदील अलाम अन्सारी – १५ लाख रुपैयाँ
सन्तोष यादव – १० लाख रुपैयाँ
आकाश त्रिपाठी – ७ लाख रुपैयाँ
उत्तम थापा मगर – ३ लाख रुपैयाँ
तुल बहादुर थापा – २ लाख रुपैयाँ
विराटनगर किंग्स
सुर्य तामाङ – १० लाख रुपैयाँ
सहिल पटेल – ५ लाख रुपैयाँ
नारायण जोशी – ५ लाख रुपैयाँ
शंखर राना – ५ लाख रुपैयाँ
शर्वन किस्कु – २ लाख रुपैयाँ
चितवन राइनोज
अर्जुन साउद – १५ लाख रुपैयाँ
देभ खनाल – १५ लाख रुपैयाँ
विपिन रावल – ५ लाख रुपैयाँ
विपिन आचार्य – २ लाख रुपैयाँ
रञ्जित कुमार – २ लाख रुपैयाँ