‘शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ अन्तर्राष्ट्रिय रूपमा प्रदर्शन हुने भएको छ । हिमाली भू–भागमा बसोबास गर्दै आएका शेर्पा समुदायको जीवन र सांस्कृतिकलाई देखाउने चलचित्र ‘शेर्वा–द लाइफ अफ हिमालय’ सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने भएको हो ।

शेर्पा फिल्म्सको प्रस्तुति र ८ के एक्सपेडिसनको सहकार्यमा निर्माण भइरहेको यो चलचित्र कर्मा शेर्पा र दुर्लव जन्तरेले संयुक्तरुपमा निर्देशन गर्दैछन् ।

शेर्पा समुदायको जनजीवनलाई भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गरिने यस चलचित्रको पटकथा सुमन गजमेरले लेखेको हुन् भने छायाँकनमा रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई रहेको निर्माण टिमले जनाएको छ ।

चर्चित कलाकार बुद्धि तामाङलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरिसकिएको छ । निर्देशकद्वयका अनुसार तामाङको अभिनयले कथालाई गहिरो प्रभाव दिने अपेक्षा गरिएको छ ।

चलचित्रका अन्य पात्रहरू खुला अडिसन र कास्टिङ कलमार्फत छनोट गरिने छन् । यसबाट हिमाली समुदायको वास्तविक प्रतिनिधित्व र नयाँ कलाकारको उदयलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको निर्माण पक्षको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *