बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

बागमती । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिँदैछन् । दलको कार्यसमिति बैठकले प्रवक्तामा लामिछानेलाई तोक्ने र तीन सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ ।

अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र बिनु रायमाझी पौडेल रहेका छन् । यसैगरी बैठकले २७ साउन १ बजे काँग्रेस संसदीय दलको कार्यालय हेटौंडामा दलको बैठक राख्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *