कैलाली कारागारमा भएको तनावबारे गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै

काठमाडौं । कैलालीको कारागारमा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् ।

कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गृहमन्त्री लेखकले आज अपरान्ह चार बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

कैदीबन्दीबीच गएराति झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् । झडपपछि कैदीबन्दीले कारागार आफ्ना नियन्त्रणमा लिएका छन् । उनीहरुले सुरक्षाकर्मीलाई गेटमै रोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *