इजरायललाई गाजा नियन्त्रण योजनामा पुनर्विचार गर्न बेलायती प्रधानमन्त्रीको आग्रह

लण्ण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले इजरायललाई गाजा सहरलाई नियन्त्रणमा लिने योजना गलत भएको भन्दै यसलाई पुनर्विचार गर्न शुक्रबार आग्रह गरेका छन् ।

यो योजनाले द्वन्द्वको अन्त्य गर्न वा बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत नगरी थप रक्तपात मच्चाउने उनले बताए ।
उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूद्वारा प्रस्तावित तथा इजरायली सुरक्षा मन्त्रिपरिषद्द्वारा अनुमोदित योजना अन्तर्गत गाजा सहरलाई ‘नियन्त्रण’मा लिने घोषणाकोे निन्दा गरे ।

त्यहाँ मानवीय सङ्कटलाई उदृत गर्दै इजरायललाई प्यालेस्टिनी क्षेत्रमा युद्ध अन्त्यको माग गर्दै स्टार्मरको बेलायत सरकार यसको विपक्षका रहेको बताए ।

गत हप्ता उनले बेलायतले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने वाचा गर्दै इजरायलले गाजामा युद्धविराममा सहमत नभएसम्म ‘ठोस कदम’ नचाल्ने जनाए ।

प्रधानमन्त्री स्टार्मरले इजरायलको ‘गाजामा आक्रमणलाई अझ बढाउने निर्णय गलत भएको’ ठहर गर्दै यसलाई तुरुन्तै पुनर्विचार गर्न आग्रह गरे ।

उनले भने, ‘गाजामा हरेक दिन मानवीय सङ्कट बढ्दै गएको छ र हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई भयावह र अमानवीय अवस्थामा राखिएको छ। हामीलाई युद्धविराम, मानवीय सहायतामा वृद्धि, हमासद्वारा सबै बन्धकहरूको रिहाइ र वार्ताको माध्यमबाट समाधान चाहिएको छ ।’

बेलायत र यसका सहयोगीहरूले युद्ध समाधानको लागि यस क्षेत्रमा शान्ति सुरक्षित गर्न दीर्घकालीन योजनामा काम गरिरहेको स्टर्मरले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *