काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाल आएका छन् । एनपीएलको फ्रेन्चाइज टोली काठमाण्डू गोर्खाजको मुख्य प्रशिक्षकमा अनुबन्ध भएपछि उनी बिहीबार नेपाल आइपुगेका हुन् । काठमाडौँ आइपुगेका प्रशिक्षक मोन्टीले काठमाडौँ गोर्खाजको यात्रा स्मरणीय हुने बताए ।
काठमान्डु गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ ।
एनपीएलको ‘मिनी अक्सन’ शनिबार दिउँसो हुँदैछ। मोन्टी अक्सनमा सहभागी हुन काठमाडौँ आइपुगेका हुन् । मोन्टी सन् २०२३ देखि २ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक थिए।